जिल्ला यातायात गुरुयोजना परिमार्जन गोष्ठी सम्पन्न

जिल्ला विकास समिति पाल्पाको आयोजना तथा नर्थ स्टार इन्जिनियरिङ्ग कन्सल्टेन्सी, बखुण्डोल, ललितपुरको परामर्श सहयोगमा संचालन गरिएको पाल्पा जिल्लाको जिल्ला यातायात गुरुयोजना परिमार्जन गोष्ठी स्थानीय विकास अधिकारी एवं जिल्ला विकास समितिका अध्यक्ष श्री कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा मिति २०७१ कार्तिक १३ गते जिविसको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमको संचालन जिल्ला विकास समितिका कार्यक्रम अधिकृत श्री विनोद नेपालले गर्नु भएको थियो भने जिल्ला प्राविधिक कार्यालयका प्रमुख श्री भीमार्जुन पाण्डेले गोष्ठीमा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । यस कार्यशाला गोष्ठीमा आफ्नो व्यस्तताको वावजुध माननीय सभासद हरि प्रसाद नेपाल र मा.राधाकृष्ण कण्डेलको विशेष उपस्थिति रहेको थियो । जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा विषयगत कार्यालयका प्रमुखहरुको समेत गरी झण्डै ४५ जना सहभागिहरु उपस्थिती रहेको यस गोष्ठीमा नर्थ स्टार इन्जिनियरिङ्ग कन्सल्टेन्सीका टोली नेता श्री श्रवण थापाले विषयवस्तुको प्रस्तुतीकरण गर्नु भएको थियो । जिल्ला तथा गाविसका सदरमुकाम जोड्ने सवै सडकहरुलाई वाहृै मास चल्ने वनाउने उद्देश्यका साथ तर्जुमा गर्न लागिएको जिल्ला यातायात गुरु योजनाको अघिल्ला गोष्ठीहरुमा जिल्ला यातायात गुरुयोजनाको प्रक्रिया, तथ्याङ्क संकलन विधि, गुरु योजनाको लागत मूल्य विश्लेषण तथा जि.आई.एस.विधिहरुको वारेमा छलफल गरिएको थियो ।

पाल्पा जिल्लाको सर्न्दर्भमा कुरा गर्दा जिल्लाको रणनैतिक सडक संजालको कुल लम्वाई १५९ कि.मि.रहेको जसमध्ये कालो पत्रे ९५ कि.मि. तथा कच्ची ६४ कि.मि.रहेको प्रस्तुतीको क्रममा जानकारी गराइएको थियो । जिल्लाको मुख्य सडक संजालको लम्वाई ४१० कि.मि.रहेको र सो मध्ये कालोपत्रे ७२.६३ कि.मि., २३ कि.मि.ग्राभेल तथा ३१४ कि.मि. कच्ची रहेको प्रस्तुतीको क्रममा जानकारी भयो । यस गोष्ठीको प्रस्तुतीको सिलसिलामा ५५ जिल्लाहरुले जिल्ला यातायात गुरु योजना तयार गरि सकेका र २० वटा जिल्लाहरुको वन्न वांकी रहेको जानकारी पनि गराईएको थियो । जिल्ला यातायात दिर्घकालीन योजना (District Transport Perspective Plan) ले सडक यातायातको सर्न्दर्भमा संरक्षण, सुधार तथा नयां निर्माण गरी ३ वटा पक्षहरुलाई जोड दिएको विषयमा पनि छलफल गरिएको थियो । संरक्षण अन्तर्गत आकस्मिक मर्मत संभार, नियमित मर्मत संभार, पटके मर्मत संभार तथा आवधिक मर्मत संभार पर्छन भने सुधार अर्न्तर्गत पुल निर्माण, ग्राभेलिङ्ग, क्रस ड्रेनेज, संरचना निर्माण, कालो पत्रे तथा सडक चौंडा गर्ने कार्य पर्ने कुरा सवैलाई जानकारी गराइएको थियो ।

गोष्ठीमा छलफलको क्रममा सडक वनिसके पछि मुआव्जा दिंदा सरकारलाई अफ्ठ्यारो पर्ने विषयमा पनि छलफल भएको थियो । ५ वर्षो अवधिका लागि सवै कामका लागि झण्डै २ अरव १२ करोड ४३ लाख ५८ हजार वजेटको प्रक्षेपण गरिएको यस गुरु योजनाले मर्मत संभारका लागि १ अरव ७५ करोड ८१ लाख ५५ हजार प्रक्षेपण गरेको देखिन्छ । जिल्ला सडक यातायात गुरु योजनाले मर्मत संभारलाई पहिलो प्राथमिकता दिएको कुरा पनि छलफलको क्रममा आएको थियो । त्यसै गरी गुरु योजनाले जिल्लाका सडकहरुको सुधारका लागि ५४ करोड वजेटको अनुमान गरेको छ । यसरी वन्ने जिल्ला यातायात गुरु योजना कार्यान्वयनका लागि चाहिने श्रोतहरु जिल्ला विकास अनुदान, राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम, स्थानीय यातायात पर्ूवाधार क्षेत्रगत कार्यक्रम, रोड वोर्ड नेपाल, स्थानीय सडक पुल कार्यक्रम, गाविस अनुदान, जनसहभागितामा आधारित विकास लगायतका कार्यक्रमहरुवाट जुटाउने परिकल्पना गरेको देखिन्छ ।

छलफलको क्रममा जिल्लावाट गाविसको सदरमुकाम जोड्ने सडकको विषयमा जिल्ला यातायात गुरु योजनाले समेटेको भए पनि यसले गाविसको सदरमुकाम नछुने सडकको सर्न्दर्भमा के गर्ने भन्ने विषयमा मौन रहेको सर्न्दर्भमा चर्चा भएको थियो । सोही सर्न्दर्भमा ड्रेन सहितको सिंगल लेन सडक सांघुरो हुन्छ कि भन्ने जिज्ञासा सहभागिवाट व्यक्त गरिएको थियो । त्यसै गरी छलफलको क्रममा जिल्ला यातायात गुरु योजनाले प्राथमिकता प्रदान गरेका कार्यक्रमहरु कत्तिको वाध्यकारी हुन्छन भन्ने जिज्ञासा पनि उठान भएको थियो । अन्तर्कियाको सिलसिलामा क्षेत्रीयस्तरका सडकहरु मुख्य सडक संजालमा नसमेटिएको कुरा पनि उठेको थियो । त्यसै गरी जिल्ला यातायात गुरु योजनाले केन्द्रिकृत योजना तर्जुमा पद्धतिलाई समेटी विकेन्द्रित योजना तर्जुमा पद्धतिलाई वेवास्ता गरेको हो कि भन्ने सवाल पनि उठाइएको थियो । साथै संघीयतामा जांदा जिल्लाको पहिचान रहने कि नरहने भन्ने प्रश्न खडा भएको वेला जिल्ला यातायात गुरु योजनाको सर्न्दर्भ कत्तिको उपयोगी होला भन्ने सवाल पनि उठाइएको थियो । तत्पश्चात हालसम्म पनि गाविस केन्द्रसम्म सडक नपुगेका कोलडांडा, फोक्सिङ्गकोट तथा ठिमुरे गाविसहरुमा सडक निर्माणमा जोड दिनु पर्ने कुरा सहभागिहरुले उठाएका थिए । छलफलको क्रममा मुख्य ४ वटा सडकहरु आर्यभञ्ज्याङ्ग रामपुर सडक, हार्थोक छहरा सडक, वांसटारी झडेवा गोठादी सडक, चिलाङ्गदी चापपानी गरनडांडा सडकलाई छिमेकी जिल्ला जोडिने गरी क्रमशः केलादी, तिनगिरे, सुनवल र राम्दीसम्म पुर्‍याउनु पर्ने कुरा प्राथमिकताका साथ उठाइएको थियो । साथै सहभागीहरुवाट गुरु योजनाले पहाडलाई तर्राईसंग जोड्ने सडकहरुलाई ध्यान दिनु पर्ने कुरा उठाउनु भएको थियो । लामो छलफल तथा अन्तर्कियापछि प्रस्तुत जिल्ला यातायात गुरु योजना पारित गरी सोको निर्णय सवैलाई जानकारी गराइएको थियो ।
उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिंदै स्थानीय विकास अधिकारी एवं जिल्ला विकास समितिका अध्यक्ष श्री कृष्ण प्रसाद पाण्डेले स्थानीय निकायको केन्द्रिय अनुदान घट्दै गएको, स्थानीय निकायको आन्तरिक आम्दानीका श्रोतहरु सुक्दै गएको सर्न्दर्भ सवैलाई स्मरण गराउंदै सवैको अमूल्य सहभागिताका लागि कृतज्ञता व्यक्त गर्दै गोष्ठीको समापन गर्नु भएको थियो ।

Skip to toolbar